
इलेक्ट्रिक चर्खा
मूल्यका लागि सम्पर्क गर्नुहोस्
इलेक्ट्रिक चर्खा रैथाने औद्योगिक प्रतिष्ठान (RAP Nepal) ले प्राकृतिक रेशाबाट धागो उत्पादन गर्न उपयोगी इलेक्ट्रिक चर्खा निर्माण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यस चर्खाबाट अल्लो, भाँगो (Hemp), कपास, भेडाको ऊनलगायत विभिन्न प्राकृतिक रेशाबाट धागो कात्न सकिन्छ।
- SKU:
- electric-spinning-wheel
इलेक्ट्रिक चर्खा
रैथाने औद्योगिक प्रतिष्ठान (RAP Nepal) ले प्राकृतिक रेशाबाट धागो उत्पादन गर्न उपयोगी इलेक्ट्रिक चर्खा निर्माण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यस चर्खाबाट अल्लो, भाँगो (Hemp), कपास, भेडाको ऊनलगायत विभिन्न प्राकृतिक रेशाबाट धागो कात्न सकिन्छ।
इलेक्ट्रिक चर्खामा विद्युतीय मोटरको सहायताले चर्खा घुम्ने भएकाले हात वा खुट्टाले चलाउने परम्परागत चर्खाभन्दा सञ्चालन गर्न सजिलो हुन्छ। यसले धागो उत्पादन प्रक्रियालाई सहज बनाउन र श्रम कम गर्न सहयोग पुर्याउँछ।
ग्राहकको आवश्यकता, प्रयोग हुने रेशा, उत्पादन क्षमता र कार्यस्थलअनुसार विभिन्न आकार तथा मोडेलमा चर्खा निर्माण गर्न सकिन्छ।
रैथाने औद्योगिक प्रतिष्ठानले चर्खासँगै प्राविधिक पुस्तक तथा सञ्चालन, रेशा तयारी, धागो कात्ने तरिका, गुणस्तर नियन्त्रण र मर्मतसम्भारसम्बन्धी व्यावहारिक तालिमसमेत उपलब्ध गराउने लक्ष्य राखेको छ।
यो चर्खा किसान, महिला, युवा उद्यमी, हस्तकला व्यवसायी तथा घरेलु र साना उद्योगका लागि उपयोगी हुन सक्छ। यसको उद्देश्य स्थानीय रेशाको उपयोग, स्वदेशी धागो उत्पादन, रोजगारी सिर्जना र प्राकृतिक रेशा उद्योगको विकासमा सहयोग पुर्याउनु हो।
निर्माता तथा तालिम प्रदायक: रैथाने औद्योगिक प्रतिष्ठान (RAP Nepal)




