सञ्चालित समिति
डा.गणेश ऐडी सस्थापक अध्यक्ष उहा प्राबिधिक पुस्तक लेखक, उद्योगी तथा भाँगो र अल्लो रेशाका प्राविधिक अनुसन्धानकर्ता,विभिन्न विधामा पुरस्कृत व्यक्तित्व,प्राकृतिक रेशा प्रविधि, औद्योगिक विकास, रोजगारी सिर्जना र समाजसेवामा सक्रिय,भाँगो बिकाश अभियान्ता,गणेश हेम्प, फरेष्ट्री हेम्प्ब्याग उद्योग, फरेष्ट्री फेब्रिक,गणेश सपेनिंग र फरेस्ट्री फाइबर संस्थापक हुनुहुन्छ। https://www.ganeshhemps.com
मिङ्मर तामाङप्रवन्ध संरक्षक,संचालक सदस्यउहा सामाजिक अभियान, उद्यमशीलता, राजनीति तथा प्रविधिमा नवप्रवर्तनप्रति समर्पित एक सक्रिय व्यक्तित्व हुनुहुन्छ। विविध क्षेत्रमा उहाँको संलग्नताले समाजप्रतिको जिम्मेवारी र सकारात्मक परिवर्तनप्रतिको प्रतिबद्धता झल्काउँछ। आफ्नो समुदायसँगै व्यापक समाजमा सकारात्मक परिवर्तन ल्याउन उहाँ निरन्तर क्रियाशील हुनुहुन्छ। https://www.tamangstudies.org
राज कुमार कार्कीप्रवन्ध संरक्षक,संचालक सदस्य२७ वर्षदेखि तयारी पोशाक उद्योगमा सक्रिय राजकुमार कार्की अनुभवी उद्योगी तथा समाजसेवी हुनुहुन्छ। उहाँले हजारौँ युवालाई सीपमूलक तालिम प्रदान गर्दै प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँ सामाजिक सेवामार्फत स्वदेशी उद्योग र उत्पादन प्रवर्द्धनमा निरन्तर सक्रिय हुनुहुन्छ। https://www.freedom.com.np
बिजय कुमार शर्मा प्रवन्ध संरक्षक,संचालक सदस्यउहा ‘आधा सपना’ पुस्तकका लेखक तथा १५ वर्षदेखि कृषि उद्यममा सक्रिय हुनुहुन्छ। मेची–महाकाली पैदलयात्रा सम्पन्न गर्नुभएका उहाँ नेपाली उत्पादनका अभियन्ता, पशुपन्छी पालन अनुसन्धानकर्ता तथा रैथाने औद्योगिक प्रतिष्ठानबाट प्रकाशित पुस्तकका सम्पादक हुनुहुन्छ। उहाँ देवकोटा कृषि फार्मका संस्थापक हुनुहुन्छ। https://www.rapnepal.org
धुर्ब कुमार श्रेष्ठ सस्थापक स्नातकोत्तर तहमा प्राकृतिक स्रोत व्यवस्थापन तथा बागवानी विज्ञान अध्ययन गर्नुभएका प्लान्ट डाक्टर उहाँ उद्यमशील शिक्षा, प्राकृतिक स्रोत संरक्षण तथा कृषि उद्यम विकासका अभियन्ता हुनुहुन्छ। नेपाल सरकारको शिक्षा मन्त्रालयसँग आबद्ध रही विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यक्रम संयोजक, विभागीय प्रमुख, विज्ञ तथा वरिष्ठ प्रशिक्षकका रूपमा कार्य गर्नुभएको छ। उहाँ रैथाने औद्योगिक प्रतिष्ठानका संस्थापक सदस्यसमेत हुनुहुन्छ।
खडक बोगटी प्रवन्ध संरक्षक,संचालक सदस्यउहा प्राकृतिक रेशा प्रविधिमा २० वर्षदेखि अनुसन्धान तथा कार्य गर्दै आउनुभएका अनुभवी उद्यमी हुनुहुन्छ। उहाँ अल्लो, भाँगो, केतुकी र केराको रेशा प्रशोधन तथा मेसिन औजार उत्पादनमा सक्रिय हुनुहुन्छ। नेपालका ७० जिल्लामा तालिम प्रदान गर्नुभएका उहाँ विभिन्न उद्योगका संस्थापक, रोजगारी तथा भाँगो विकास अभियन्ता हुनुहुन्छ। https://www.allobazar.com.np
रामेश्वर पौडेल सस्थापक शिक्षा क्षेत्रमा ३४ वर्ष सेवा गर्नुभएका उहा विगत १० वर्षदेखि प्राकृतिक रेशा अनुसन्धानमा सक्रिय हुनुहुन्छ। खाद्य क्षेत्रमा समेत लामो अनुभव हासिल गर्नुभएका उहाँ सामाजिक सञ्जालमार्फत नेपालीलाई उद्योगी बनाउन, नयाँ उद्योग स्थापना गर्न प्रेरित गर्न र बन्द उद्योग पुनः सञ्चालनमा सहयोग गर्ने अभियानमा सक्रिय हुनुहुन्छ। https://www.rapnepal.org
सुरज खनाल प्रवन्ध संरक्षक,संचालक सदस्यकानुनी क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका उहाँ वरिष्ठ अधिवक्ता, उद्योग तथा व्यवसायसम्बन्धी कानुनका जानकार र कानुनी अधिकारका अभियन्ता हुनुहुन्छ। उहाँ उद्योगमैत्री कानुनी वातावरण निर्माण, उद्यमीको हकहित संरक्षण तथा सामाजिक सेवामा सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
राजिब खनाल प्रवन्ध संरक्षक,संचालक सदस्यउहा १८ वर्षदेखि प्राकृतिक खेती, कृषि मल तथा कृषि बायोटेक्नोलोजी अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता तथा उद्यमी हुनुहुन्छ। उहाँ भरोसा कृषि बहुउद्देश्यीय प्रा.लि. र चिटो प्लस ब्रान्डका संस्थापक, झोल मल उत्पादक, व्यापार काउन्सलर तथा कृषि रोजगारी अभियन्ता हुनुहुन्छ। उहाँ सामाजिक सेवामा समेत सक्रिय हुनुहुन्छ। https://www.bharoshakrishi.com.np
