नेपाली फलामको हाते तान
उपलब्ध

नेपाली फलामको हाते तान

मूल्यका लागि सम्पर्क गर्नुहोस्

नेपाली फलामबाट निर्मित हाते तान रैथाने औद्योगिक प्रतिष्ठान – नेपाली प्रविधि, नेपाली सीप र नेपाली उत्पादन।

SKU:
hand-loom

नेपाली फलामबाट निर्मित हाते तान (Handloom)

रैथाने औद्योगिक प्रतिष्ठान – नेपाली प्रविधि, नेपाली सीप र नेपाली उत्पादन।

रैथाने औद्योगिक प्रतिष्ठानले नेपाली फलामको प्रयोग गरी बलियो, टिकाउ र नेपाली मौलिक संस्कृति तथा परम्परागत बुनाइ प्रविधिअनुसार हाते तान (Handloom) उत्पादन गर्ने कार्य अघि बढाएको छ। नेपालमा कपडा बुन्ने परम्परागत सीप र प्रविधिको संरक्षण, विकास तथा व्यावसायिक विस्तार गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो।

हाम्रो हाते तान बलियो फलामे संरचनामा निर्माण गरिन्छ। ग्राहकको आवश्यकता, उपलब्ध स्थान, उत्पादन क्षमता र बुनाइको प्रकृतिअनुसार विभिन्न साइज, डिजाइन र मोडलमा तान निर्माण गरी उपलब्ध गराइन्छ। ग्राहकले आफ्नो आवश्यकता र रोजाइअनुसार तानको आकार, बनावट तथा विशेषता छनोट गर्न सक्नुहुन्छ।

रैथाने औद्योगिक प्रतिष्ठानले तान बिक्री गर्ने मात्र नभई यसको सञ्चालन, मर्मतसम्भार र कपडा बुन्ने प्रविधिसम्बन्धी प्राविधिक पुस्तक तथा व्यावहारिक तालिमसमेत प्रदान गर्दछ। तानको संरचना, धागो राख्ने तरिका, तान मिलाउने विधि, बुनाइ प्रक्रिया र विभिन्न प्रकारका कपडा उत्पादन गर्ने सीप सिकाइन्छ।

हाम्रो उद्देश्य परम्परागत नेपाली हाते बुनाइ सीपलाई आधुनिक आवश्यकतासँग जोडेर गाउँगाउँमा घरेलु तथा साना कपडा उद्योग स्थापना गर्नु हो। यसबाट स्थानीय रोजगारी सिर्जना, महिला तथा युवाको स्वरोजगार, नेपाली कपडाको उत्पादन र आयात प्रतिस्थापनमा सहयोग पुग्ने विश्वास लिएका छौँ।

हामी तान उत्पादन गर्छौँ, तालिम दिन्छौँ र प्राविधिक पुस्तकमार्फत सीप हस्तान्तरण गर्छौँ। तपाईंको आवश्यकता र रोजाइअनुसार नेपाली फलामबाट बनेको बलियो हाते तान निर्माण गरेर उपलब्ध गराउँछौँ।

प्रकाशक तथा उत्पादक: रैथाने औद्योगिक प्रतिष्ठान

सम्बन्धित उत्पादन