रैथाने औद्योगिक प्रतिष्ठानको PSP मोडेल (सार्वजनिक सामाजिक साझेदारी)
सबै समाचार हेर्नुहोस्
कार्यक्रम रैथाने औधोगिक प्रतिष्ठान

रैथाने औद्योगिक प्रतिष्ठानको PSP मोडेल (सार्वजनिक सामाजिक साझेदारी)

रैथाने औद्योगिक प्रतिष्ठानको PSP मोडेल (सार्वजनिक सामाजिक साझेदारी)

रैथाने औद्योगिक प्रतिष्ठानले लागू गर्ने PSP (Public Social Partnership) मोडेलको मुख्य उद्देश्य बन्द तथा रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याई राष्ट्रिय सम्पत्तिको संरक्षण, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु हो। यस मोडेलमा सरकारको स्वामित्वमा रहेका उद्योग तथा सम्पत्ति सरकारकै स्वामित्वमा सुरक्षित रहन्छन् र जनताको सहभागिताबाट तिनको उत्पादन क्षमता तथा सम्पत्ति वृद्धि गरिन्छ। यस प्रणालीमा निजी क्षेत्रको व्यावसायिक दक्षता, सामाजिक क्षेत्रको सामूहिक सहभागिता र सरकारको नीतिगत सहयोगलाई एकीकृत गरिन्छ। जनताले सानो–सानो लगानी, सीप, श्रम र प्रविधि योगदान गरेर ठूला उद्योग सञ्चालनमा सहभागी हुन सक्छन्। उद्योगबाट प्राप्त आम्दानीलाई व्यक्तिगत नाफाका रूपमा वितरण नगरी उद्योगको विकास, प्रविधि विस्तार, रोजगारी सिर्जना र नयाँ उत्पादनमा पुनः लगानी गरिन्छ। PSP मोडेलले उद्योगको निजीकरणभन्दा उद्योगको सामाजिककरण लाई प्राथमिकता दिन्छ। यसको लक्ष्य राष्ट्रिय सम्पत्तिको सदुपयोग, आयात प्रतिस्थापन, स्वदेशी उत्पादन वृद्धि र जनतालाई उद्योगको विकासमा प्रत्यक्ष सहभागी बनाई समृद्ध नेपाल निर्माण गर्नु हो।