कणाली प्रदेश संगको छलफल
सबै समाचार हेर्नुहोस्
कार्यक्रमगणेश ऐडी

कणाली प्रदेश संगको छलफल

कर्णाली प्रदेशमा प्राकृतिक रेशा उद्योग, भाँगो उत्पादन र स्थानीय रोजगारी सिर्जनासम्बन्धी महत्वपूर्ण छलफल

मिति: १० सेप्टेम्बर २०२६ (२०८३ भदौ २५ गते) स्थान: सुर्खेत, कर्णाली प्रदेश १० सेप्टेम्बर २०२६ का दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्राकृतिक रेशाजन्य उद्योगको विकास, भाँगो तथा अल्लोजस्ता रैथाने वनस्पतिबाट प्राप्त हुने रेशाको उत्पादन र प्रशोधन, स्वदेशी उद्योगको पुनर्जीवन तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भयो। उक्त छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख, विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरू, उच्च पदस्थ कर्मचारीहरू तथा रैथाने औद्योगिक प्रतिष्ठानका संस्थापकहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा कर्णाली प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत तथा रैथाने वनस्पतिहरूको व्यावसायिक उपयोग गरी धागो, कपडा तथा अन्य औद्योगिक वस्तु उत्पादन गर्ने सम्भावनाबारे विचार आदानप्रदान गरियो। विशेषगरी, भाँगो र अल्लोजस्ता प्राकृतिक रेशालाई आधुनिक प्रविधिबाट प्रशोधन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने विषयमा जोड दिइयो। साथै, गाउँगाउँमा साना तथा मझौला उद्योग स्थापना गर्ने, स्थानीय किसान, महिला र युवालाई सीपमूलक तालिम प्रदान गर्ने तथा आफ्नै गाउँमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने विषयमा छलफल भयो। रैथाने औद्योगिक प्रतिष्ठानले अघि सारेको सार्वजनिक–सामाजिक साझेदारी (PSP) अवधारणामार्फत सरकार, स्थानीय समुदाय र उद्यमीबीच सहकार्य गरी प्राकृतिक स्रोतमा आधारित उद्योग सञ्चालन गर्न सकिने सम्भावनालाई पनि महत्वपूर्ण रूपमा हेरिएको थियो। यस पहलले कर्णाली प्रदेशका स्थानीय स्रोतसाधनको सदुपयोग, आयात प्रतिस्थापन, स्वरोजगार प्रवर्द्धन र आत्मनिर्भर नेपालको औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।