

भाँगो के हो?
लेखक: भाँगो के हो? ‘भाँगो के हो?’ किताबभित्र के छ?
प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान
भाँगो एक महत्वपूर्ण प्राकृतिक वनस्पति हो, जसको बीउ, रेशा, पात र डाँठ विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिन्छ। डा. गणेश ऐडीद्वारा लिखित ‘भाँगो के हो?’ पुस्तकमा भाँगोको पहिचान, प्रकार, उपयोगिता, खेती, प्रशोधन, प्राकृतिक रेशा उत्पादन, कपडा निर्माण तथा औद्योगिक सम्भावनाबारे जानकारी प्रस्तुत गरिएको छ।
यस पुस्तकमा नेपालमा पाइने विभिन्न प्रकारका भाँगोको चर्चा गरिएको छ। बोर्ले भाँगो (Cannabis Sativ) ठूलो आकारको बीउ हुने प्रकारका रूपमा, चोपिलो भाँगो ( Cannabis indica) चिल्लो तथा तेलयुक्त बीउका विशेषतासहित, र जंगली भाँगो (Cannabis ruderalis) प्राकृतिक रूपमा उम्रने भाँगोका रूपमा परिचय गराइएको छ। त्यस्तै, म्यारियूना (Marijuana) गाँजा भाँगो यसको वनस्पति पहिचान, औषधीय अनुसन्धान तथा मनोप्रभावकारी यौगिकसँग सम्बन्धित विषयका रूपमा समेटिएको छ। यो पुस्तकले नेपालमा भाँगो शब्दको उत्पत्ति कसरि भयो, नेपालमा भाँगोको परम्परा, भाँगोमा नेपालि महिलाको सस्कार यस्ता यस्तै धेरै ज्ञान समितीयाका छन ।
‘भाँगो के हो?’ भाँगोसम्बन्धी ज्ञान, परम्परागत उपयोग र आधुनिक औद्योगिक सम्भावना बुझ्न चाहने किसान, विद्यार्थी, उद्यमी, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि उपयोगी जानकारीमूलक पुस्तक हो।
