प्राबिधिक किताब
रेस्टुरेन्टमा भाँगोका परिकार
2026

रेस्टुरेन्टमा भाँगोका परिकार

लेखक: डा. गणेश ऐडी

प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान

‘रेस्टुरेन्टमा भाँगोका परिकार’ पुस्तक भाँगो (Hemp) लाई खाद्य सामग्रीका रूपमा प्रयोग गरी विभिन्न स्वादिष्ट, पौष्टिक तथा व्यावसायिक परिकार तयार गर्ने विधिबारे जानकारी दिने एक व्यावहारिक पाककला पुस्तक हो। यस पुस्तकको मुख्य उद्देश्य भाँगोलाई परम्परागत प्रयोगमा मात्र सीमित नराखी आधुनिक खाद्य उद्योग, होटल, रेस्टुरेन्ट तथा क्याफे व्यवसायमा नयाँ उत्पादनका रूपमा विकास गर्नु हो।

पुस्तकको पहिलो भागमा भाँगोको परिचय, यसको हरियो पातमा पाइने प्रमुख तत्व तथा खाद्य उपयोगबारे जानकारी दिइएको छ। त्यसैगरी भाँगोको दाना तथा फलमा पाइने प्रोटिन, Amino Acids, Carbohydrates, Dietary Fiber, Vitamins, Phytosterols, Antioxidants, Carotenoids र Terpenes जस्ता पोषण तथा जैविक यौगिकहरूको चर्चा गरिएको छ।

पुस्तकमा भाँगोबाट विभिन्न प्रकारका चिया तयार गर्ने विधिहरू समावेश छन्। जस्तैः ग्रीन टी, ब्ल्याक टी, CTC दूध चिया, हर्बल टी, लेमन टी र भुटेको मसला चिया। त्यसैगरी भाँगो जडीबुटी कफी, बाँजखोटो कफी, मेथी कफी, क्यापाचिनो, मसला कफी, चिकोरी जरा कफी तथा अश्वगन्धा कफी बनाउने विधिहरू पनि प्रस्तुत गरिएका छन्।

यसका अतिरिक्त भाँगोको लस्सी, बदाम दूध, खिर, मकै, कोदो, फापर, उवा तथा जौको ढिँडो, भाँगोको पीठो, हलुवा, आलु टिकिया, चाउमेन, विभिन्न सस, भेज तथा ननभेज थुक्पा, स्यान्डविच पेस्ट, चटनी, अचार र विभिन्न प्रकारका मम बनाउने विधिहरू समेटिएका छन्।

यो पुस्तक होटल तथा रेस्टुरेन्ट सञ्चालक, सेफ, पाककला प्रशिक्षक, खाद्य उद्यमी, विद्यार्थी र नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उपयोगी सन्दर्भ सामग्री हो। यसले स्थानीय कच्चा पदार्थको उपयोग, नयाँ स्वादको विकास, खाद्य उत्पादनमा विविधीकरण र रोजगारी सिर्जनाको सम्भावनालाई प्रोत्साहन गर्दछ।

नेपालमा भाँगोमा आधारित नयाँ खाद्य परिकार तथा रेस्टुरेन्ट व्यवसायको विकास गरी स्थानीय उत्पादनलाई व्यावसायिक बजारसम्म पुर्‍याउने उद्देश्यले रैथाने औद्योगिक प्रतिष्ठानले यो पुस्तक प्रकाशन गरेको हो।