
भाँगो लागु औषध कि औषधि?
लेखक: डा. गणेश ऐडी
भाँगो लागु औषध कि औषधि?
प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान
‘भाँगो लागु औषध कि औषधि?’ पुस्तक भाँगो (Hemp/Cannabis) सम्बन्धी प्रचलित भ्रम, वैज्ञानिक तथ्य, ऐतिहासिक प्रयोग र यसको बहुआयामिक उपयोगबारे जानकारी दिने एक अनुसन्धानमूलक तथा जनचेतनामूलक कृति हो।
यस पुस्तकमा भाँगोको वास्तविक परिचय, वनस्पतिक विशेषता, मानव सभ्यतासँगको ऐतिहासिक सम्बन्ध, परम्परागत प्रयोग तथा यसको औद्योगिक, औषधीय र आर्थिक महत्त्वबारे चर्चा गरिएको छ। भाँगोबाट उत्पादन गर्न सकिने प्राकृतिक रेशा, धागो, कपडा, कागज, निर्माण सामग्री, खाद्य पदार्थ तथा अन्य औद्योगिक वस्तुहरूको सम्भावनालाई समेत उजागर गरिएको छ।
त्यसैगरी, भाँगो र लागुऔषधबीचको भिन्नता, THC र CBD जस्ता रासायनिक तत्व, तिनको प्रभाव तथा औषधीय अनुसन्धानका विषयमा पाठकलाई बुझ्न सहयोग पुग्ने गरी जानकारी प्रस्तुत गरिएको छ। भाँगोको औद्योगिक प्रयोग र लागुऔषधका रूपमा हुने दुरुपयोगलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने विषयलाई पुस्तकले महत्त्व दिएको छ।
लेखक डा. गणेश ऐडीको प्राकृतिक रेशा तथा भाँगो उद्योगमा ३२ वर्षभन्दा बढीको अनुभव र अध्ययनमा आधारित यस पुस्तकले विद्यार्थी, अनुसन्धानकर्ता, किसान, उद्योगी, नीति निर्माता तथा सर्वसाधारणलाई भाँगोबारे वैज्ञानिक दृष्टिकोण विकास गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ।
