प्राबिधिक किताब
भाँगो हाते धागो उत्पादन
2026

भाँगो हाते धागो उत्पादन

लेखक: डा. गणेश ऐडी

प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान, नेपाल

यो पुस्तक हिमाली तथा पहाडी क्षेत्रका जनतालाई थोरै लगानीमा स्थानीय स्रोत–साधनको उपयोग गरी भाँगोको बोक्रा रेशाबाट धागो उत्पादन गर्ने प्रविधि उपलब्ध गराउने उद्देश्यले तयार गरिएको हो। नेपालका पहाडी क्षेत्रमा घरेलु तथा साना उद्योग स्थापना गर्न चाहने उद्यमी, किसान, महिला समूह, प्रशिक्षक र प्राविधिकहरूका लागि यो पुस्तक उपयोगी हुनेछ। यसमा परम्परागत कतुवादेखि हातले चलाउने चर्खा, फलामे चर्खा, इलेक्ट्रिक चर्खा तथा आधुनिक प्रशोधन प्रविधिबाट धागो उत्पादन गर्ने व्यावहारिक विधि समेटिएका छन्। साथै, लागत, आम्दानी, मेसिन निर्माण, रसायन प्रयोग, समस्या समाधान र उद्योग व्यवस्थापनसम्बन्धी जानकारी पनि समावेश गरिएको छ।

विषयसूची

१. भाँगो धागोको इतिहास

२. भाँगोका प्रजाति

३. भाँगो बोक्रारेशा निकाल्ने ५ प्रविधि

४. भाँगो बोक्रा रेशा मिग्ने तरिका

५. मिगेको रेशाबाट कतुवाले धागो बाट्ने तरिका

६. कतुवा धागो उत्पादन लागत, उत्पादन विश्लेषण

७. प्रशोधित रेशाबाट कतुवामा धागो कात्ने तरिका

८. एक किलो प्रशोधित भाँगो रेशाबाट धागोको लागत

९. चरखा प्रयोग गरी धागो कात्ने

१०. चरखाबाट भाँगो धागो उत्पादनको लागत तथा आम्दानी

११. बिजुली चरखा प्रयोगगरी अल्लो धागो कात्ने

१२. बिजुली चरखा प्रयोग गरी धागो कात्ने अनुमानित लागत

१३. धागो डल्ला (गुन्डी) लाछी बनाउने विधि

१४. धागो हाइड्रो गर्ने (सेतो पार्ने) विधि

१५. हाइड्रोजन र सहायक रसायनबाट भाँगो धागो सेतो पार्ने

१६. ब्लिचिङ पाउडरबाट भाँगो  धागो सफाइ गर्ने विधि

१७. जडीबुटीबाट प्राकृतिक रङ बनाउने विधि

१८. डेकोडर मेसिनको रेशाबाट धागो उत्पादन

१९. कार्डिङ रेशाबाट भाँगो धागो उत्पादन

२०. कम्बिंग मेसिनबाट प्रशोधित भाँगो रेशा

२१. कम्बिङ मेसिनको अनुमानित लागत

२२. स्पिनिङ मिल्सको भाँगो धागो

२३. ठूलो स्पिनिङ मिल्समा भाँगो संग मिक्स धागो

२४. कतुवा निर्माण प्रक्रिया र लगानी

२५. काठको चर्खा निर्माण प्रक्रिया र लगानी

२६. फलामको चर्खा निर्माण प्रक्रिया र लगानी

२७. इलेक्ट्रिक चर्खा निर्माण प्रक्रिया र लगानी

२८. प्रयोग हुने रसायन तथा सहायक सामग्री

२९. उत्पादनमा देखिने समस्या र समाधान

३०. भाँगो धागो घरेलु उद्योग स्थापना र प्रशासनिक व्यवस्थापन

३१. ४५ दिने तालिम सञ्चालन तालिका