
भाँगो हाते धागो उत्पादन
लेखक: डा.गणेश ऐडी
प्रकासन हुन बाकि छ प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान
‘भाँगो हाते धागो उत्पादन’ पुस्तक भाँगो (Hemp) को प्राकृतिक रेशाबाट परम्परागत तथा आधुनिक प्रविधिको प्रयोग गरी हातले धागो उत्पादन गर्ने सम्पूर्ण प्रक्रियाबारे जानकारी दिने एक व्यावहारिक तथा प्राविधिक पुस्तक हो। यस पुस्तकको मुख्य उद्देश्य नेपालमा उपलब्ध भाँगोको प्राकृतिक रेशालाई उपयोग गरी स्थानीय स्तरमा स्वरोजगार, घरेलु उद्योग तथा व्यावसायिक धागो उत्पादनको विकास गर्नु हो।
पुस्तकमा भाँगोको धागोको परिचय, इतिहास, रेशा उत्पादनका लागि उपयुक्त भाँगोका जात, व्यवस्थित खेती तथा प्रतिकूल मौसममा उत्पादन हुने भाँगोका विशेषताबारे चर्चा गरिएको छ। साथै, बोटको परिपक्वता पहिचान, कटानी गर्ने उपयुक्त समय, डाँठ व्यवस्थापन, पानीमा भिजाउने प्रक्रिया (Retting) र बोक्राबाट रेशा निकाल्ने व्यावहारिक विधिहरू प्रस्तुत गरिएका छन्।
यस पुस्तकको महत्त्वपूर्ण भागमा भाँगोको बोक्रा रेशाबाट तकुवा (कतुवा), परम्परागत चरखा तथा बिजुली चरखाको प्रयोग गरी हातले धागो कात्ने विधिहरू समावेश छन्। धागोको गाँठो पार्ने, डल्ला बनाउने र लाक्षी (Hank/Skein) तयार गर्ने तरिकासमेत सिकाइएको छ।
त्यसैगरी, घरेलु उद्योगमा प्रयोग हुने Dry Decortication, Carding, Opening, Alkaline Processing, Beating, Softening तथा Combing जस्ता रेशा प्रशोधन प्रविधिहरूको व्याख्या गरिएको छ। सफा र सिधा रेशा तयार गर्ने, रेशालाई कार्डिङ गर्ने र विभिन्न उपकरणबाट धागो उत्पादन गर्ने विधिहरू पनि समेटिएका छन्।
पुस्तकमा कच्चा पदार्थ, श्रम, औजार, उपकरण, रसायन, उत्पादन लागत, आम्दानी, नाफा तथा गुणस्तर परीक्षणसम्बन्धी व्यावहारिक जानकारी दिइएको छ। यसका साथै स्पिनिङ मिल्सबाट उत्पादित धागोको गुणस्तर, उत्पादनमा देखिने समस्या र समाधान, उद्योग स्थापना, प्रशासनिक व्यवस्थापन, नेपालको कानुनी तथा नीतिगत व्यवस्था र प्रशिक्षक निर्देशिका पनि समावेश छन्।
डा. गणेश ऐडीको प्राकृतिक रेशा तथा भाँगो उद्योगमा ३२ वर्षभन्दा बढीको अनुभव र अनुसन्धानमा आधारित यो पुस्तक किसान, उद्यमी, कात्ने कामदार, प्रशिक्षक, विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राकृतिक रेशा उद्योग स्थापना गर्न चाहनेहरूका लागि उपयोगी प्राविधिक सन्दर्भ सामग्री हो।
नेपालको स्थानीय कच्चा पदार्थ, परम्परागत सीप र आधुनिक प्रविधिलाई जोड्दै भाँगोको धागो उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्राकृतिक रेशामा आधारित उद्योगको विस्तार गर्नु यस पुस्तकको प्रमुख उद्देश्य हो।
प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान
