प्राबिधिक किताब
भाँगोको घरेलु कपडा उत्पादन
2026

भाँगोको घरेलु कपडा उत्पादन

लेखक: डा. गणेश ऐडी

प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान, नेपाल

यो पुस्तक भाँगोको रेशाबाट घरेलु तथा साना उद्योगमार्फत कपडा उत्पादन गर्न चाहने तर आवश्यक प्रविधि र प्राविधिक ज्ञानको अभाव भएका व्यक्तिहरूलाई स्वरोजगार तथा उद्यमी बन्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यस पुस्तकले उद्योग स्थापना गर्न चाहने व्यक्ति, किसान, महिला समूह तथा घरेलु उद्यमीहरूलाई कम लगानीमा कपडा उत्पादन गर्ने व्यावहारिक प्रविधि उपलब्ध गराउनेछ। साथै, कपडा उत्पादनसम्बन्धी तालिम लिने तथा तालिम दिने प्रशिक्षकहरूका लागि पनि यो पुस्तक उपयोगी प्राविधिक सन्दर्भ सामग्री बन्नेछ। यसमा विभिन्न प्रकारका घरेलु तान, तान जडान, ताना तयार गर्ने, कपडा बुन्ने र विभिन्न डिजाइन बनाउने विधिहरू समेटिएका छन्। यस पुस्तकले गुणस्तरीय, टिकाउ र कम लागतका कपडा उत्पादन गर्न तथा स्थानीय स्रोत र सीपको उपयोग गरी रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ।

विषयसूची

१. भाँगो घरेलु कपडा उत्पादनको इतिहास २. भाँगोको घरेलु कपडा उद्योगको महत्व

३. घरेलु तानका विभिन्न प्रकार ४. कण्डे तान (चाँप तान) (Backstrap Loom)

५. कण्डे तानमा आवश्यक लगानी ६. सादा घुमाइ वार्पिङ (Plain Ground Warping)

७. बिममा ताना (Warp) बेर्ने विधि ८. ताना तन्काउने विधि

९. डोरी क्रस (कोका) भर्ने विधि १०. क्रस कोकाको कार्य

११. कण्डे तान (चाँप तान) लागत नाफा १२. काठको हाते तान (Hand Loom) फिट गर्ने विधि

१३. काठको हाते तानमा आवश्यक लगानी १४. फलामको हाते तान फिट गर्ने तरिका

१५. फलामे तान फिट गर्ने प्रक्रिया १६. नेपाली फलामे हाते तानको अनुमानित लागत

१७. नेपाली हाते तान (Nepali Hand Loom) १८. वार्पिङ गर्ने विधि (Warping Method)

१९. बबिन भर्ने प्रक्रिया (Bobbin Winding Process) २०. वार्पिङ (Warping) गर्ने विधि

२१. कोका फ्रेमलाई तानमा जडान गर्ने विधि २२. रिड ड्राफ्ट (Reed Drafting) गर्ने विधि

२३. कपडा बुन्ने तरिका (Weaving Process) २४. कपडाका प्रमुख डिजाइनहरू (Major Fabric Designs)

२५. सादा डिजाइन (Plain Weave) २६. मछिकाँडे डिजाइन (Fish Bone/Herringbone Weave) को कपडा बुन्ने विधि

२७. जिगज्याग डिजाइनको कपडा बुन्ने विधि २८. डाइमण्ड डिजाइनको कपडा बुन्ने विधि

२९. द्वय ताना (काम्ले मेस) (Twill Weave) कपडा बुन्ने विधि ३०. हाते तानबाट जिन्स (Denim) कपडा डिजाइन बुन्ने विधि