प्राबिधिक किताब
भाँगो खेती
2026

भाँगो खेती

लेखक: डा. गणेश ऐडी

भाँगो खेती

प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान

‘भाँगो खेती’ पुस्तक भाँगो (Hemp) को वैज्ञानिक खेती, उत्पादन प्रविधि र व्यावसायिक सम्भावनाबारे जानकारी दिने एक व्यावहारिक तथा प्राविधिक पुस्तक हो। यस पुस्तकले भाँगोलाई केवल परम्परागत वनस्पतिका रूपमा नभई प्राकृतिक रेशा, वातावरणमैत्री कच्चा पदार्थ र औद्योगिक विकासको महत्त्वपूर्ण स्रोतका रूपमा परिचित गराउने उद्देश्य राखेको छ।

पुस्तकमा भाँगोको परिचय, वनस्पतिक विशेषता, उपयुक्त हावापानी, माटो, उचाइ, तापक्रम र खेतीयोग्य क्षेत्रबारे जानकारी समेटिएको छ। यसका साथै बीउ छनोट, बीउ संकलन, जमिन तयारी, बीउ रोप्ने तरिका, रोपाइँको दूरी, मलखाद व्यवस्थापन, सिँचाइ, गोडमेल तथा बाली संरक्षणका व्यावहारिक विधिहरू प्रस्तुत गरिएको छ।

भाँगोको बोटबाट रेशा, बीउ तथा अन्य उपयोगी कच्चा पदार्थ उत्पादन गर्न सकिने भएकाले यसको खेतीमा उत्पादनको उद्देश्यअनुसार अपनाउनुपर्ने प्रविधिबारे पनि चर्चा गरिएको छ। भाँगोको रेशाबाट धागो, कपडा, झोला, जुत्ता, कागज तथा विभिन्न औद्योगिक सामग्री उत्पादन गर्ने सम्भावनालाई पुस्तकले जोड दिएको छ। बीउबाट खाद्य तथा औद्योगिक प्रयोजनका लागि उपयोगी तेल उत्पादन गर्न सकिने पक्षसमेत समेटिएको छ।

यस पुस्तकमा खेतीको लागत, उत्पादन, बजार सम्भावना, किसानको आम्दानी र व्यावसायिक खेती विस्तारका विषयलाई समेत महत्त्व दिइएको छ। साथै, भाँगो खेतीसम्बन्धी कानुनी व्यवस्था र जिम्मेवार खेतीको आवश्यकतालाई ध्यान दिन प्रेरित गरिएको छ।

लेखक डा. गणेश ऐडीको प्राकृतिक रेशा तथा भाँगो उद्योगमा ३२ वर्षभन्दा बढीको अनुभव र अनुसन्धानमा आधारित यस पुस्तक किसान, कृषि प्राविधिक, विद्यार्थी, अनुसन्धानकर्ता, उद्यमी तथा प्राकृतिक रेशामा आधारित उद्योग स्थापना गर्न चाहनेहरूका लागि उपयोगी प्राविधिक सन्दर्भ सामग्री हो।