
अल्लो हाते धागो उत्पादन
लेखक: डा. गणेश ऐडी
प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान
नेपालमा कम लगानीमा घरेलु तथा साना उद्योग स्थापना गरी स्वरोजगार र रोजगारी सिर्जना गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने उद्देश्यले रैथाने औद्योगिक प्रतिष्ठानले यो प्राविधिक पुस्तक प्रकाशन गरेको हो। यस पुस्तकमा अल्लो रेशाबाट हातले, चरखाबाट तथा विद्युतीय मेसिनबाट धागो उत्पादन गर्ने विभिन्न प्रविधि, लागत, आम्दानी, आवश्यक औजार तथा मेसिन निर्माण र उद्योग स्थापना सम्बन्धी व्यावहारिक जानकारी समेटिएको छ। स्थानीय स्रोत र सीपको उपयोग गरी प्राकृतिक रेशामा आधारित उद्योग विकास गर्न चाहने उद्यमी, किसान तथा प्रशिक्षार्थीहरूका लागि यो पुस्तक उपयोगी हुनेछ।
पुस्तकका मुख्य विषयहरू
१. अल्लो धागोको इतिहास
२. अल्लोको प्रजाति
३. अल्लो बोक्रारेशा निकाल्ने ५ प्रविधि
४. सिस्नु बोक्रारेशा निकाल्ने २ प्रविधि
५. अल्लो बोक्रा रेशा मिग्ने तरिका
६. मिगेको रेशाबाट कतुवाले धागो बाट्ने तरिका
७. कतुवा धागो उत्पादन लागत, उत्पादन विश्लेषण
८. प्रशोधित रेशाबाट कतुवामा धागो कात्ने तरिका
९. एक किलो प्रशोधित अल्लो रेशाबाट धागोको लागत
१०. चरखा प्रयोग गरी धागो कात्ने
११. चरखाबाट अल्लो धागो उत्पादनको लागत तथा आम्दानी
१२. बिजुली चरखा प्रयोग गरी अल्लो धागो कात्ने
१३. बिजुली चरखा प्रयोग गरी धागो कात्ने अनुमानित लागत
१४. धागो डल्ला (गुन्डी) लाछी बनाउने विधि
१५. धागो हाइड्रो गर्ने (सेतो पार्ने) विधि
१६. हाइड्रोजन र सहायक रसायनबाट अल्लो धागो सेतो पार्ने
१७. ब्लिचिङ पाउडरबाट अल्लो धागो सफाइ गर्ने विधि
१८. जडीबुटीबाट प्राकृतिक रङ बनाउने विधि
१९. डेकोडर मेसिनको रेशाबाट धागो उत्पादन
२०. कार्डिङ रेशाबाट अल्लो धागो उत्पादन
२१. कम्बिङ मेसिनबाट प्रशोधित अल्लो रेशा
२२. कम्बिङ मेसिनको अनुमानित लागत
२३. स्पिनिङ मिल्सको अल्लो धागो
२४. ठूलो स्पिनिङ मिल्समा अल्लोसँग मिक्स धागो
२५. कतुवा निर्माण प्रक्रिया र लगानी
२६. काठको चर्खा निर्माण प्रक्रिया र लगानी
२७. फलामको चर्खा निर्माण प्रक्रिया र लगानी
२८. इलेक्ट्रिक चर्खा निर्माण प्रक्रिया र लगानी
२९. प्रयोग हुने रसायन तथा सहायक सामग्री
३०. उत्पादनमा देखिने समस्या र समाधान
३१. अल्लो धागो घरेलु उद्योग स्थापना र प्रशासनिक व्यवस्थापन
३२. ४५ दिने तालिम सञ्चालन तालिका
